सुख्खा जमिनमा एउटा सानो पालुवा पलाएको थियो । तर सुख्खा वनझर जमिनमा त्यो सानो पालुवा हुर्किन सजिलो थिएन ।
गरे के हुन्न ? गर्नु पो पर्छ भन्दै एउटा मालीले त्यो पालुवा स्याहार्न कम्मर कसे । उनले पानी र मलका मात्रै व्यवस्था गरेनन्, अन्य स्याहार्ने साथीहरु पनि बटुले । आफूले स्याहार्न थालेको दिनलाई विशेष दिनलाई ‘जन्मदिन’ मान्दै हरेक वर्ष स्याहार्न सहयोग गरेकाहरुलाई सम्मान पनि गर्न थाले ।
पालुवा बढ्दै ठूलो रुख भयो । रुखको फल लिन अनि शीतल ताप्न आउनेको भीड बढ्न थाल्यो । मान्छेको भीड र उत्पादनलाई व्यवस्थापन गर्न समिति बन्यो । रुखबाट आय बढ्यो । त्यसैले रुखको कोष मोटा भए ।
कोष भएपछि पानीको फोहरा, बत्ती अनि सजावट थपिए । रुख, रुख रहेनन् । पार्क बन्यो । पार्क व्यवस्थापन समिति बन्यो ।
जन्मदिनलाई ‘जन्मोत्सव’का रुपमा मनाउन थालियो । ठूलो उत्सव अनि भव्य समारोह । होली वाइन, थरीथरीका परिकार, रुखको चर्चा अनि परिचर्चा । मन्त्री, व्यापारी, उद्योगीले भरिभराउ । तर अटेनन्न् ती माली । किनभने पालुवा अब रुख भइसके, सुख्खा वनझर जमिन सुन्दर पार्क भइसके । पालुवा अब रुख भइसके ।
प्रतिक्रिया 4