+
+

‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन, आज अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते ६:३२

२८ वैशाख, काभ्रे । दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो ।

२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।

कायस्थको आज (विहीबार) अन्तिम संस्कार गरिने मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।

बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते जन्मिएका थिए । दोस्रो जनआन्दोलनमा गोली लागेपछि उनलाई पक्षघात भएको थियो । १७ वर्षको उमेर पुग्दासम्म पनि उनी अर्धचेत अवस्थामा थिए । निरन्तरको उपचारपछि वायाँ हात चलाउने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्ने भएका थिए ।

२०७५ असारमा अचानक बिरामी परेपछि फेरि अर्धचेत भएका थिए । लामो समयदेखि शिर मेमोरियल अस्पतालमा उपचाररत कायस्थको बुधबार बेलुकी ७:३० बजे निधन भएको हो ।

सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एकजना नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?