+
+

मिस नेपाल प्रियंकाले वनसम्बन्धी राष्ट्रसंघीय फोरममा सहभागिता जनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १२:२५

काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशीले वनसम्बन्धी राष्ट्रसंघीय फोरमको अठारौं सत्रमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकी छन् । बिहीबार राति राष्ट्रसंघीय मुख्यालय न्युयोर्कबाट एक भिडियो सन्देश जारी गर्दै उनले यो अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको प्रतिनिधिको रुपमा भाग लिन पाउँदा खुसी लागेको बताएकी छन् ।

विश्वसुन्दरी प्रतियोगिता मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको लागि दाता जुटाउन अमेरिका पुगेकी प्रियंकाले त्यस क्रममा राष्ट्रसंघको सत्रमा सहभागिता जनाउन लागेकी हुन् । यो सत्रमा आफूले जलवायु संकटले वन र पर्यावरणमा पारेको असरको कुरा गर्ने उनले बताएकी छन् ।

‘यो मेरा लागि निकै खुसीको कुरा हो । देशको प्रतिनिधित्व गर्दै वन र पर्यावरणसम्बन्धी मुद्दालाई राष्ट्रसंघको महत्वपूर्ण मञ्चमा प्रस्तुत गर्न लागेकी छु,’ उनले भनेकी छन् । यो मञ्चमा भाग लिइरहँदा आफूले ब्युटी विथ पर्पसलाई समेत केन्द्रमा राखेको उनले बताएकी छन् ।

प्रियंकाले विभिन्न अमेरिकी राज्यको भ्रमण गर्दै च्यारिटी गालामा समेत भाग लिइरहेकी छन् । उनको लागि केही राज्यले दाता जुटाउन सहजता दिलाउन नेपाली समुदायले च्यारिटी डिनरको आयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?