+
+

राज र श्रद्धाको बढ्दो निकटताको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १४:३४

काठमाडौं । अर्जुन पोखरेलद्वारा संगीतबद्ध गीत ‘मेसो मिलाएर’ हिट भएपछि यतिबेला कलाकार जोडी राज कटुवाल र श्रद्धा क्षेत्रीको निकटताको चर्चा भइरहेको छ । यो जोडी आइतबार सोल्टी होटलमा आयोजित नेफ्टा फिल्म अवार्ड समारोहमा पनि सँगै देखिएको थियो ।

राजकै गाडीमा कार्यक्रमस्थल पुगेकी श्रद्धा त्यहाँबाट पनि राजसँगै फर्किएकी थिइन् । अनस्क्रिन र अफस्क्रिन दुवैमा यो जोडीको चर्चा भइरहेको छ । उक्त गीत हिट भएपछि यसको दोस्रो श्रृंखला निर्माण गर्ने तयारी भइरहेको बुझिएको छ । उसो त डेब्यु फिल्म ‘कृष्णलीला’बाट भन्दा श्रद्धाले यो एउटै म्युजिक भिडियोबाट चर्चा बटुलेकी छन् । राजले पनि यही गीतबाट नसोचेको चर्चा बटुले ।

गीत हिट भएसँगै निकटताको चर्चाबीच श्रद्धाले राजसँगको तस्वीर सेयर गरेकी छन्, जहाँ यी दुई प्रफुल्ल देखिएका छन् । यो निकटताबारे राजलाई सोध्दा उनले श्रद्धा मिल्ने साथी भएको बताए । तर प्रेमको कुराबारे सोध्दा दुवैले अस्वीकार गर्दै आएका छन् । सार्वजनिक समारोहमा यी दुईको केमेस्ट्री भने गज्जब देखिएको छ ।

कामको कुरा गर्दा राज आफ्नो आगामी फिल्म ‘राजा’को निर्माणको तयारीमा छन् । नरेन्द्र महर्जनले निर्माण गर्ने यो फिल्ममा राजको शीर्ष भूमिका हुनेछ भने नायिकाको खोजी भइरहेको छ । कतै हिरोइनको रोलमा श्रद्धा देखिने त होइनन्, अनुमान सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?