+
+

पपस्टार वीकेन्डले नाम परिवर्तन गरेर राखे अबेल टेस्फेय

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १२:५३

काठमाडौं । विश्वचर्चित पपस्टार वीकेन्डले आफ्नो सामाजिक सञ्जालको खातामा जन्मको नाम अबेल टेस्फेय राखेका छन् । ‘ब्लाइन्डिङ लाइट्स’जस्ता चर्चित पप ट्युनका लागि परिचित गायकले गत अप्रिलमा ट्वीटरमार्फत आफ्ना फ्यानलाई नाम परिवर्तन गरौं कि नगरौं भनेर सोधेका थिए ।

‘एबेल औपचारिक रूपमा द वीकेन्ड भनेर चिनिन्छ,’ एक लाखभन्दा बढी लाइक प्राप्त गरेको ट्वीटमा आफ्ना फ्यानलाई उनले सोधे । डब्लु म्यागजिनलाई दिएको अन्तर्वार्तामा आफू ‘द वीकेन्ड’लाई मार्न खोजेको बताएपछि उनले नाम परिवर्तन गर्न खोजेको रहस्य खुलेको हो ।

उनले भने, ‘अहिले म क्याथर्टिक मार्गबाट गुज्रिरहेको छु । म एउटै ठाउँ र समयमा पुग्दैछु, जहाँ म यो वीकेन्ड च्याप्टरलाई बन्द गर्दैछु ।’ उनले यसअघिको एक अन्तर्वार्तामा आफ्नो नाम स्कुलबाट बाहिरिएपछि राखिएको बताएका थिए । तर उनले डब्लु म्यागजिनसँग भने, ‘वीकेन्डको रुपमा मैले सक्नेजति भनेको छु ।’ उनले आफ्नो आगामी एल्बम नै वीकेन्डको नाममा अन्तिम हुने समेत खुलाए ।

इथियोपियाली आप्रवासीको रुपमा क्यानडाको टोरन्टोमा जन्मिएका उनले सन् २०१० मा पहिलो गीत युट्युबमा रिलिज गरेपछि हिट भएका थिए । लागुऔषधको प्रयोग, क्याजुअल सेक्सजस्ता थिममा बनाइएको उक्त आरएण्डबी गीतले उनलाई प्रसिद्धि दिलायो ।

संगीत करिअरमा उनले चार ग्रामी अवार्ड जितेका छन्, ४५ भन्दा बढी प्लाटिनम एकल एल्बम छन् र धेरै सांगीतिक रेकर्ड तोडेका छन् । मार्च २०२३ मा गिनिज वर्ल्ड रेकर्ड्सले उनलाई स्पटीफाइमा मासिक श्रोताको संख्याको आधारमा विश्वको सबैभन्दा लोकप्रिय कलाकार घोषणा गर्‍यो ।

मार्च २०२३ सम्म ३३ वर्षीय वीकेन्डका गीतलाई स्पटीफाइमा मासिक १११.४ मिलियन श्रोताले सुनेका थिए भने स्ट्रिमिङ एपमा १०० मिलियन मासिक श्रोता थपिएको पहिलो कलाकार पनि उनी बने । अहिले दोस्रो स्थानमा रहेकी माइली साइरस (८२.४ मिलियन)को भन्दा वीकेन्डका झण्डै तीन करोड बढी मासिक श्रोता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?