+
+
Shares

भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा राजनीतिक हस्तक्षेप स्वीकार्य हुन्न : देव

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १५:०८

५ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई आग्रह गरेका छन् ।

यो अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्विकार्य नहुने उनले बताए ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य देवले यसमा संलग्न जोकोहीलाई कारबाही गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो मुलुकमा भ्रष्टाचार संस्थागत छ, भ्रष्टाचार नियन्त्रणका लागि निडर र निष्पक्ष भएर काम गर्न वर्तमान सरकारलाई पनि आग्रह गर्न चाहन्छु ।’

भ्रष्टाचार नियन्त्रणमा सरकार र प्रमुख राजनीतिक शक्तिहरुले काम गरे अग्रगमनको बाटो सुरक्षित हुने भन्दै पूर्वमन्त्री समेत रहेका देवले भने, ‘खुट्टा कमायो, भ्रष्टाचार बढ्यो भने प्रतिगमनकारीहरु यही मुद्दामा चढेर प्रतिगमन गर्दछन् ।’

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष, स्वतन्त्र, कानुनसम्मत हुनुपर्ने उनले बताए ।

‘त्यो राज्य विरुद्धको अपराध पनि हो । राज्यको गोपनियतासँग चलखेल गर्नु, राज्यको दस्तावेजलाई तलमाथि गर्नु यो राज्य विरुद्धको अपराध हो,’ देवले भने, ‘यो सामान्य भ्रष्टाचारको मुद्दा होइन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?