+
+

विपद्‍मा परेकाको उद्धारका लागि एकीकृत आकस्मिक सेवा प्रणाली स्थापना गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १७:४६

५ जेठ, काठमाडौं । सरकारले आगलागी, दुर्घटना, डढेलो र आपराधिक क्रियाकलापबाट घाइते हुनेको तत्काल उद्धार गर्ने गरी विशेष कार्यदल बनाउने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

‘एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी संयुक्त रुपमा परिचालन हुनेगरी राष्ट्रिय एकीकृत आकस्मिक सेवा प्रणाली स्थापना गरिने छ’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?