+
+

नेपाल घुमाउने सहयोगीलाई अजित कुमारले दिए १९ लाखको बीएमडब्लु बाइक उपहार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १४:०६

काठमाडौं । दक्षिण भारतीय अभिनेता अजित कुमार बाइकका सौखिन हुन् । उनले हालै बाइकमार्फत नेपाल र भुटानको यात्रा गरे । आगामी नोभेम्बरमा उनले पुनः बाइक यात्रा थाल्दैछन् । यो सबथोकपछि अजितले एक दयालु स्वभाव देखाएर प्रशंसकको मन जितेका छन् ।

अजितले सहयात्री सुगत सतपथीसँग नेपाल र भुटान भ्रमण गरेका थिए । धन्यवादको प्रतीकको रूपमा अजितले आफ्नो नेपाल बाइक टुर आयोजना गरेकोमा सुगतलाई १२ लाख भारु (१९ लाख २० हजार नेपाली रुपैयाँ) मूल्य पर्ने सुपरबाइक उपहार दिए । सुगतले अजितका लागि दुईपटक बाइक यात्राको आयोजना गरेका थिए ।

सम्मानस्वरुप अजितले उनलाई १२ लाख भारु पर्ने बीएमडब्लु सुपरबाइक उपहार दिए । सुगत लेख्छन्, ‘२०२२ को अन्त्यमा म भाग्यशाली रहें । तमिल फिल्म उद्योगका सबैभन्दा ठूला सुपरस्टारमध्येका एक अजित कुमारको सम्पर्कमा आउन सकें । मैले उनका लागि उत्तरपूर्व क्षेत्र भ्रमणको आयोजना गरें । उनको सवारी पछ्याउँदै नेपाल भ्रमण गर्ने वाचा गरे । मसँग भुटान (उनको विश्व भ्रमण योजनाको एक हिस्सा) पनि थियो जुन हामीले भर्खरै मे ६ मा पूरा गर्‍यौं । यात्रामा हामीले धेरै अविस्मरणीय सम्झना सिर्जना गर्‍यौं, थुप्रै माइल दौड्यौं । धेरै सुन्दर सूर्यास्त र सूर्योदय देख्यौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?