+
+

‘सक्किगो नि’को तेस्रो सिजन बिहीबारदेखि प्रसारण हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १७:१०

काठमाडौं । हास्य टिभी श्रृंखला ‘सक्किगो नि’ तेस्रो सिजनको प्रसारण बिहीबारदेखि सुरु हुँदैछ । हिमालय टेलिभिजन एचडीमा बेलुका ८ बजेदेखि सिरियल प्रसारण हुनेछ । दोस्रो सिजन समाप्त भएको झण्डै चार महिनापछि दर्शकले तेस्रो सिजन हेर्न पाउनेछन् ।

निर्देशकद्वय कुमार कट्टेल र अर्जुन घिमिरेले सामाजिक सञ्जालमार्फत कार्यक्रम प्रसारण हुन लागेको जनाएका छन् । तेस्रो सिजन पनि १०० भाग हाराहारीमा निर्माण हुने निर्देशक कट्टेलले अनलाइनखबरलाई जानकारी दिए । सिरियलमा उनले जिग्री ब्रो नामक चरित्र चित्रण पनि गर्नेछन् ।

‘पहिला यो पात्र आवारा, लफंगा र हाउडे मात्र थियो । केटीको पछि मात्र लाग्थ्यो । तर यसमा उसबाट संवेदनशील विषयमा मच्योर्ड कुरा पनि आउँछ । युवा परिपक्व हुनुपर्छ भन्ने सन्देश जिग्री ब्रोले दिनेछ,’ कट्टेलले आफ्नो पात्रबारे भने । अघिल्ला सिजनका कलाकारलाई नै तेस्रो सिजनमा निरन्तरता दिइने जनाइएको छ ।

गत वैशाख २९ गते मर्मस्पर्शी टिजर सार्वजनिक गर्दै सक्किगो नि टिमले चर्चा बटुलेको थियो । तेस्रो सिजनको समाप्तिलगत्तै ‘सक्किगो नि’ टिमले फिल्म निर्माणको योजना पनि बनाइरहेको निर्देशक कट्टेलले बताए । ‘सम्भवतः यो वर्ष सक्किगो नि टिमको फिचर फिल्म आउनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?