+
+

सरकारका ४४ मध्ये २५ संस्थान नाफामा

यो वर्ष सरकारले पायो ६ अर्ब १६ करोड लाभांश

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १४:४३

१४ जेठ, काठमाडौं । सरकारी स्वामित्वका ४४ मध्ये २५ संस्थान नाफामा र १९ वटा घाटामा सञ्चालनमा रहेको पाइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण २०७९/८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

सरकारी स्वामित्वको ४४ मध्ये २५ संस्थान नाफामा र १९ संस्थान घाटामा सञ्चालनमा छन्,’ मन्त्री महतले भने, ‘संस्थानहरुमा सरकारको लगानी ६ खर्ब १८ अर्ब पुगेको छ । जसमध्ये यो वर्ष करिब एक प्रतिशत लाभांश सरकारले प्राप्त गरेको छ ।’ मन्त्री महतकाअनुसार कोषमा व्यवस्था नभएको दायित्व २०.३ प्रतिशतले घटेको छ । यस्तै सार्वजनिक संस्थानहरुको सञ्चालन आय ३६.२ प्रतिशतले बढेर ५ खर्ब ७५ अर्ब पुगेको छ ।

सरकारले यो वर्ष संस्थानहरुबाट ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको जानकारी उनले दिए । सञ्चालनमा नरहेको र सरकारले सञ्चालन गर्न आवश्यक नठानेको संस्थानहरुलाई थप पूँजी र प्रविधि भित्र्याएर निजीकरण गर्ने गरी सरकारले अध्ययन गरिरहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?