+
+

अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको प्रक्रिया अघि बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १७:३९

२६ जेठ, काठमाडौं । सरकारले अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्ने बजेट घोषणाको कार्यान्वयन अघि बढाएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणामा गरिएको यस्तो कार्यको सहजीकरणका लागि प्रक्रिया थालिएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

बजेटको घोषणाअनुसार अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको कार्यान्वयनका लागि कम्पनीहरुको विवरण अध्यावधिक गर्न सूचना जारी गरिएको रजिष्ट्रार महेश बरालले बताए ।

उनका अनुसार शुक्रबार विभागले दर्ता भइसकेको कम्पनीहरुको विवरण अनलाइन प्रक्रियामार्फत अध्यावधिक गर्न भनेको छ । कम्पनी सचिव, कम्पनीको ठेगाना, सेयर लागत, सेयर होल्डर सदस्य, उनीहरुको विवरण, कम्पनीको इमेल, सम्पर्क नम्बर लगायतका विवरणहरु पेश गर्न कम्पनी रजिष्ट्रारले भनेको छ ।

‘सरकारले बजेटबाट गरेको घोषणा कार्यान्वयनका लागि प्रक्रिया सुरु गरेका छौं,’ उनले भने, ‘मागे जसरी कम्पनीहरुले आफ्नो विवरण अध्यावधिक गरे हामीले कम्पनी दर्ता र खारेजी अनलाइनबाटै गर्ने कार्यको थालनी गर्न सक्छौं ।’

कम्पनीहरुले आफ्नो विवरण पेश गरेपछि कम्पनी दर्ता, खारेजी, सेयर लागत लगायतका कम्पनी विवरणसँग आवश्यक कागजपत्र कम्पनीहरुको हुलाक ठेगानामै पठाइने र कम्पनी दर्ता तथा खारेजी प्रयोजनका लागि कार्यालयमा आइरहनु पर्ने बाध्यता हट्ने रजिष्ट्रार बरालले बताए ।

हेर्नुहोस् निर्देशनः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?