+
+
Shares

भारतीय फिल्मको प्रदर्शन रोक्ने बालेनको घोषणाबीच मन्त्रालयले भन्यो- गम्भीर ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १८:१४
फाइल तस्वीर

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भइरहेको विवादमा सरकारले पहिलोपटक औपचारिक प्रतिक्रिया दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार वक्तव्य जारी गर्दै सेन्सर पास भइसकेको फिल्मलाई लिएर सञ्चारमाध्यम र सरोकारवाला निकायबाट जनाइएका आपत्तिको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सहायक प्रवक्ता विशाल सापकोटाद्वारा जारी विज्ञप्तिमा जेठ ३१ गते फिल्म जाँच गर्दा राष्ट्रिय विभूतिको रुपमा रहेकी जानकीलाई भारतीय बेटीको रुपमा प्रस्तुत भएको संवाद हटाउन लगाई सोपश्चात सेन्सर पासको प्रमाणपत्र दिएर सार्वजनिक प्रदर्शन गर्न अनुमति दिइएको उल्लेख छ ।

‘आदिपुरुष’ विवादमा काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगर क्षेत्रभित्र भारतीय फिल्मलाई निषेध गर्ने तयारी गरेको पृष्ठभूमिमा सरकारले विज्ञप्ति जारी गरेको हो ।

ओम राउत निर्देशित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा प्रयुक्त उक्त संवादलाई हटाएर सेन्सर बोर्डले प्रदर्शन अनुमति दिइसकेको छ । तर काठमाडौंका मेयर बालेन्द्र शाहले चाहिं भारतमा नसच्चाएसम्म काठमाडौं महानगरभित्रका हलमा प्रदर्शनमा रोक लगाउने घोषणा गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?