+
+

कूटनीतिक पहलबाट ‘आदिपुरुष’ विवादको अन्योल हटाइदिन परराष्ट्रलाई सञ्चारको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १६:३७
सञ्चारमन्त्री रेखा शर्मा । फाइल तस्वीर

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को विवादले अन्योल सिर्जना भएको भन्दै यसबारे कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आग्रह गरेको छ ।

‘भारतमा फिल्म चलिरहेको छ तर नेपालमा रोकिएको छ । खास भएको के हो, यसबारे अन्योल छाएपछि स्पष्ट हुन कूटनीतिक पहलको लागि पत्र पठाएका हौं,’ सञ्चार मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले अनलाइनखबरसँग भने, ‘द्विपक्षीय सम्बन्ध र चलचित्र बजारको कुरा पनि भएकाले पत्र लेखिएको हो ।’

यो विवादमा आवश्यक समन्वय र कूटनीतिक पहल गरिदिन भन्दै सञ्चारले पत्रमार्फत परराष्ट्रलाई आग्रह गरेको हो । ‘सेन्सर बोर्डले पास गरेर पनि फिल्म प्रदर्शनको अनुमति दिएको हो । तर पनि विवाद रोकिएको छैन । हामी यसबारे थप स्पष्ट हुन खोजिरहेका हौं,’ उनले भने ।

यसैबीच, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले क्षेत्राधिकारभन्दा बाहिर गएर फिल्म प्रदर्शन रोकेको भन्दै काठमाडौं महानगरका मेयर बालन शाहविरुद्ध घुमाउरो कटाक्ष गरेकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भावुक भएर स्टन्ट नगर्न आग्रह गरिन् । यसैबीच यो विवादमा कूटनीतिक पहलका लागि मन्त्रालयलाई पत्र लेखिएको समेत उनले उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?