+
+

मेयर बालेनको दाबी : ट्राफिक जाममा बस्नुपर्ने समय ५ मिनेट छोटियो

काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधार भएको दाबी काठमाडौं महानगरपालिकाले गरेको छ । मेयर बालेन शाहले काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधार आएको भन्दै विगतको तुलनामा जाममा बस्नुपर्ने समय ५ मिनेट छोटिएको दाबी गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १८:४२

७ असार, काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधार भएको दाबी काठमाडौं महानगरपालिकाले गरेको छ । मेयर बालेन शाहले काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधार आएको भन्दै विगतको तुलनामा जाममा बस्नुपर्ने समय ५ मिनेट छोटिएको दाबी गरेका हुन् ।

आर्थिक वर्ष २०७९/८० को रिपोर्ट कार्ड प्रस्तुत गर्दै उनले यसलाई महानगरको उपलब्धि मानेका छन् ।

१ लाख ८० हजार ७५६ वर्गफिट कालोपत्रे सडकबाट पार्किङ हटाइएको, १६ हजार ७५७ वटा अनधिकृत पार्किङ गरिएको सवारी नियन्त्रणमा लिइएको, २३१ वटा वर्कसपलाई कारबाही गरिएको, १ हजार २० ठाउँको सडक अतिक्रमण हटाउने कार्यलाई मेयर शाहले महानगरको उपलब्धि मानेका छन् ।

जथाभावी फोहोर फाल्ने २९३ जनालाई कारवाही गरिएको, २७० ठाउँमा आगलागी नियन्त्रण गरिएको, १६ हजार ५७० वटा अनधिकृत संरचना हटाइएको, १८ हजार ९८३ होर्डिङ बोर्ड हटाउने कार्यलाई पनि उनले आफ्नो उपलब्धि मानेका छन् ।

८५ हजार ५३८ वर्गफिट अन्य प्रयोजनमा भएको भूमिगत क्षेत्रलाई पार्किङमा रुपान्तरण गरेको दाबी पनि मेयर शाहले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?