+
+

माइतीघरमा नागरिकताविहीनहरुको खुशियाली  (तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० असार ७ गते १८:५२

७ असार,  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएपछि नागरिकताविहीनहरुले खुशियाली मनाएका छन् । सर्वोच्च अदालतले बिहीबार उक्त विधेयक कार्यान्वयनका लागि बाटो खुला गरिदिएपछि नागरिकता पीडित संघर्ष समितिले खुशियाली मनाएको हो ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकमा जन्मका आधारमा नागरिकता लिएका नेपालीको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । तर उक्त विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले २२ जेठमा विधेयक कार्यान्वयनका लागि अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि जन्मसिद्ध नागरिकका सन्तानले माइतीघर केन्द्रित आन्दोलन गर्दै आएका थिए ।

बिहीबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउने यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि नागरिकताविहीनहरुले खुशियाली मनाएका हुन् ।

अब जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानले नागरिकता पाउनेछन् । नागरिकता नपाउँदा उनीहरुले विदेश जान, उच्च शिक्षा अध्ययन गर्न, बैंकमा खाता खोल्न पनि पाएका थिएनन् ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?