+
+
Shares

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्ब २८ करोडको बजेट

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १४:५८

८ असार, जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का  लागि २ अर्ब २८ करोड २३ लाख६९ हजार २९० बजेट ल्याएको छ।

शुक्रबार भएको १०औं नगरसभामा उपप्रुख किशोरी साहले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार लगमयतलाई समेटेर उक्त बजेट प्रस्तुत गरेका हुन्।

जसमा चालु तर्फ १ अर्ब १३ करोड ६२ लाख अर्थात्  ४९.७८ प्रतिशत रहेको छ भने पुँजीगततर्फ एडीबीसहित १ अर्ब ९ करोड २८ लाख ३५ हजार २९० अर्थात् ४७.८८ प्रतिशत छ विनियोजन गरिएको छ। त्यस्तै वितीय व्यवस्थापन  तर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात्  २.३४ प्रतिशत छुट्याइएको छ ।

पुँजीगततर्फ उपमहानगरपालिकाको छुट्टै ५६ करोड ९५ लाख १८ हजार २९० रुपैयाँ  अर्थात् ३.९५% छ। एडीबी परियोजनाको लागि  ५२ करोड ३३ लाख १७ हजार अर्थात् २२.९३ प्रतिशत रहेको उपमहानगरपालिकाका लेखापाल सुनिल साहले जानकारी दिए।

बजेट आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार २९० रुपैयाँ, बाह्य स्रोतबाट  १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार र ऋणबाट ८ करोड ३७ लाख ६० हजार ल्याइएको छ।

नगरसभाको अध्यक्षता उपमहानगरप्रमुख मनोज कुमार साहले गरेका थिए भने उपमहानगरपालिकाका जनप्रतिनिधि, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहाल, एसपी विश्वराज खड्का, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशी लगायत कर्मचारीहरुको उपस्थिति नगरसभामा रहेको थियो।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?