+
+
Shares

गोरखामा एक घरबाट ५४ किलोको क्वाज क्रिष्टल ढुंगा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १९:२६

१४ असार, गोरखा। गोरखा नगरपालिका-७ सतिपिपलस्थित एक घरबाट प्रहरीले ५४ किलोको क्वाज क्रिष्टल ढुंगा (जरी ढुंगा) बरामद गरेको छ।

गरगहना बनाउन बहुमूल्य धातुको रुपमा प्रयोग हुने उक्त ढुंगा महँगो मूल्यमा किनबेच हुन लागेको सूचना पाएपछि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिहीवार बिहान प्रहरी निरिक्षक रविन्द्र अधिकारी नेतृत्वको टोली सो घरमा पुगेर उक्त ढुंगा बरामद गरेको हो।

‘करिव एक–डेढ महिनादेखि हामीलाई सूचना थियो,’ एसपी अनुपम श्रेष्ठले भने, ‘बाहिरबाट मान्छेहरु हेर्न आउने र महँगो मूल्यमा किनबेच गर्न लागेको भन्ने सूचना पाएपछि आज बरामद गरेर ल्याएका हौ।’

प्रारम्भिक अनुसन्धानबाट उक्त ढुंगा क्वाज क्रिष्टल भन्ने खुल्न आएको र थप परीक्षणको तयारी भइरहेको उनले बताए।

‘ढुंगा पारदर्शी छ, लाइट बाल्दा प्रकाश वारपार हुन्छ, हामीले भिडियो गरेर बिज्ञलाई देखाउँदा क्वाज क्रिष्टल ढुंगा भन्नुभयो, सुनारहरुलाई देखाउँदा गरगहना बनाउन प्रयोग हुने जरी ढुंगा भने, आधिकारिक रुपमा बिज्ञ निकायमा परीक्षण गर्न भने बाँकी छ,’ एसपी श्रेष्ठले भने ।

परीक्षणका लागि सबैभन्दा पहिले पुरातत्व विभाग पठाउने उनले जानकारी दिए । परीक्षणको नजिता अनुसार थप अनुसन्धान अघि बढाउने बताइएको छ । किनबेचको बिषयमा भने आवश्यक अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?