+
+

रोल्पा बस दुर्घटना : वर्षमानले भने– घाइतेको उपचारमा समस्या भए मलाई सम्पर्क गर्नू

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते ९:२६

२४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले रोल्पा बस दुर्घटनाका घाइतेको उपचारमा कुनै समस्या परे आफूलाई सम्पर्क गर्न भनेका छन् ।

बढ्दो सडक दुर्घटना र यसबाट भइरहेको मानवीय क्षति न्यूनीकरणका लागि गम्भीर ध्यान दिन सरोकारवाला निकायसँग उनले आग्रहसमेत गरेका छन् ।

मंगलबार रोल्पाको परिवर्तन गाउँपालिका बाग्माराबाट दाङको घोराही जाँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका–७ रिचीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने १८ जना घाइते छन् । घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ घोराहीमा उपचार भइरहेको छ ।

रोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका पुनले उक्त दुर्घटनामा मानवीय क्षति भएकामा आफू मर्माहत भएको बताएका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘दुर्घटनामा ठूलो मानवीय क्षति भएकोमा अत्यन्त मर्माहत छु । उक्त दुर्घटनाका मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन् । घाइतेको उपचारमा कुनै समस्या परे आफू र आफ्नो सचिवालयमा सम्पर्क राख्न उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?