+
+

‘नाडा अटो शो’मा निसानका गाडी खरिद गर्दा ८ लाख रूपैयाँसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते १३:०६

काठमाडौं । निसान गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ ड्राइभ’ विशेष छुट योजना सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यो योजना निसानका गाडीहरू निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रायलमा लागू हुनेछ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार २६ भदौदेखि ३१ भदौसम्म सञ्चालन हुने १५औं ‘नाडा अटो शो-२०२३’ अवधिभर यो योजना लागू हुने छ । ‘नाडा अटो शो’ सकिएपछि पनि आउँदै गरेको चाडपर्वको अवसरमा यो विशेष छुट योजना लागू हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकहरूले ‘नाडा अटो शो’मा निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउने छन् । नि:शुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), नि:शुल्क ३ वर्षको सडक कर(रोड ट्याक्स), नि:शुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टी र १३ लाखसम्म बचत हुने फाइदा ग्राहकले लिन सक्ने कम्पनीले बताएको छ ।

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ । यी सुविधाहरूमा सर्तहरू लागू हुनेछन् । यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने विश्वास कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?