+
+

फतुवा विजयपुरका मेयर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०८० असोज १७ गते १७:१६

१७ असोज, रौतहट । फतुवा विजयपुर नगरपालिका, रौतहटका मेयर गोपाल राय यादव भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । उनको सजाय निर्धारण भने २४ असोजमा हुनेछ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुशीप्रसाद थारुको संयुक्त इजलासले मेयर यादवलाई दोषी ठहर गरेको हो । उनीसँगै अरु २० जनालाई पनि मुद्दा दायर भएकामा उनीहरु भने निर्दोष ठहर भएका विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीले जानकारी दिए ।

ऐन नियम विपरीत लालबकैया नदीको ठेक्का लगाएको ठहर गर्दै अख्तियारले मेयर यादवसहित २१ जनाविरुद्ध १२ असार २०७९ मा १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दामा मेयर गोपाल यादव, तत्कालीन उपमेयर कान्तीदेवी, तत्कालीन वडाअध्यक्षहरु भविछन राय, सञ्जयप्रसाद शेख, एजाज अहमद, दीपनारायण साह, उमाशंकर साह कलवार, हिरा राय यादव, योगेन्द्र चौधरी, ज्ञानेन्द्र चौधरीलाई विपक्षी बनाइएको थियो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोक्का, निमित्त प्रमुख प्रशासकिय अधिकृत गोकुल ढुंगेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रञ्जना साहविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।

गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकास्थित लालबकैया नदीको ठेक्का गैर कानुनी रुपमा रद्द गरी नगरपालिकालाई नोक्सानी पुर्‍याएको आरोप उनीहरुमाथि लागेको थियो । तर मेयर यादवबाहेक अरुले सफाइ पाएका छन् ।

दुवै पालिका भएर बग्ने लालबकैया नदीबाट ढुंगा, गिट्टी बालुवाको ठेक्का गर्ने तथा प्राप्त राजस्व फतुवा विजयपुरलाई ६० प्रतिशत र गुजरा नगरपालिकालाई ४० प्रतिशत बाँडफाँड गर्ने निर्णय भएकोमा फतुवा विजयपुरले गैरकानुनी रुपमा ठेक्का रद्द गर्दै नगरपालिकालाई नोक्सानी पुर्‍याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

लालबकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धमा जिल्ला समन्वय समितिमा २०७५ पुस १५ मा भएको ठेक्का सम्बन्धी निर्णय कार्यान्वयन नगराएको र वोलपत्रदाताको धरौटी जफत नगरेर राजस्व मात्रै संकलन गर्ने कार्य गरेको अख्तियारको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?