+
+
Shares

भूकम्प प्रभावितको उद्धारमा खटिन कार्यकर्तालाई राप्रपाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १२:३३

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जाजरकोट भूकम्पको प्रभावित क्षेत्रमा उद्धारमा संलग्न हुन पार्टी कार्यकर्तालाई आग्रह गरेको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ लामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी कम्तीमा १३३ जनाको मृत्यु भएको छ भने १४० भन्दा धेरै घाइते भएका छन् ।

राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले शनिबार एक विज्ञप्ति जारी गरी विपदको घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार, राहत तथा पुनर्स्थापनाको काममा जुट्न सरकार, स्थानीय तह, राजनीतिक दल एवं सामाजिक संघसंस्थालाई अपिल गरेको छ ।

श्रेष्ठका अनुसार राप्रपाले भूकम्प पीडितको उद्धारका लागि सासद ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकको टोली परिचालन गरेको छ । अमेरिका भ्रमणमा रहेका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सबै भ्रातृ संस्था र छिमेकी जिल्लाका पार्टी कार्यकर्तालाई उद्धार तथा राहतका काममा सहभागी हुन आग्रह गरेका छन् ।

राप्रपाले भूकम्पका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?