+
+

हलिउड सुपरहिरोइन फिल्म ‘द मार्वल्स’को ट्रेलर : एमसीयूको भविष्य कता जाला ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १२:११

काठमाडौं । मार्वल सिनेम्याटिक युनिभर्सका थप दृश्य देखाउँदै हलिउडको प्रतीक्षित फिल्म ‘द मार्वल्स’ले नयाँ तथा अन्तिम ट्रेलर सार्वजनिक गरेको छ । अभिनेत्री ब्री लार्सनको यो उपस्थिति क्याप्टेन मार्वलको सिक्वेल मात्र होइन, कमला खान, मिसेस मार्वल, वान्डा भिजन लगायतका चर्चित पात्रसँगको टिमअप समेत हुनेछ ।

रिलिजको लागि केही दिन मात्र बाँकी रहँदा फिल्मको नयाँ ट्रेलर सार्वजनिक भएको हो । ‘द मार्वल्स’को यो ट्रेलरले ‘एभेन्जर्स एन्डगेम’पछि क्यारोल डेनभर्सको यात्राको सारांश प्रस्तुत गर्छ ।

फिल्मले मार्वल फिल्मको पाँचौं चरणको सेटअपबारे थप दृश्य प्रस्तुत गर्छ । मार्वल्सको अन्तिम ट्रेलरमा अभिनेत्री टिसा थम्पसन बालकिरी नामक पात्रको भूमिकामा देखिएकोबारे सुरुदेखि नै हल्ला चलेको थियो ।

यदि तपाईं मार्वल सिनेम्याटिक युनिभर्सको नियमित दर्शक हुनुहुन्छ भने ‘द मार्वल्स’को ट्रेलर तपाईंलाई उत्साहित तुल्याउन सक्छ । तर पछिल्लो समय एमसीयूको भविष्यलाई लिएर हलिउड वृत्तमा चिन्ता व्यक्त भइरहेको छ ।

हलिउड जानकार ‘द मार्वल्स’को व्यावसायिक प्रस्तुतिले एमसीयूको भविष्य एक हदसम्म तय हुने विश्लेषण गरिरहेका छन् । यो फिल्म नेपालमा समेत शुक्रबार रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?