+
+

सेल्सबेरीबाट सामान किन्दा ३० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते १३:००

काठमाडौं । सेवा सुरु गरेको ३०औं वर्षको अवसरमा सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक सामान खरिदमा भारी छुटको अफर ल्याएको छ ।

यस अफर अन्तर्गत सेल्सबेरीले हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको हो ।

यो अफर शनिबार र आइतबार लागू हुनेछ । खाद्यान्न लगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानहरूमा छुट अफर ल्याइएको संस्थाले जनाएको छ ।

संस्थाका अनुसार यो छुट काठमाडौं र पोखराका सम्पूर्ण शाखाहरूमा उपलब्ध हुनेछ ।

साथै ५ हजार रुपैयाँ भन्दा माथीको हरेक सामान खरिदमा विशेष उपहारको समेत व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?