+
+

‘म्याड म्याक्स फ्युरी रोड’को नयाँ शृंखलाको ट्रेलर : खतरनाक एक्सन दृश्यले भरिपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १४:४१

काठमाडौं । सन् २०१५ मा रिलिज भएको चर्चित हलिउड एक्सन फिल्म ‘म्याड म्याक्स फ्युरी रोड’को पाँचौं श्रृंखलाको सशक्त ट्रेलर सार्वजनिक भएको छ । २४ मे २०२४ मा प्रदर्शन हुने बताइएको फिल्मको ट्रेलर खतरनाक एक्सन दृश्यले भरिपूर्ण छ ।

उक्त फिल्मको यो श्रृंखलालाई प्रिक्वेल बताइएको छ । ‘फ्युरियोसा’ नामाकरण गरिएको यो श्रृंखला म्याड म्याक्सको अघिल्लो भाग हेरेका दर्शकलाई रोमाञ्चक बन्ने निश्चित छ । अभिनेत्री एन्ना टेलर जोयले फ्युरियोसाको भूमिका निर्वाह गरेकी छन् ।

अघिल्लो भागमा चार्लिज थेरोनले शीर्ष भूमिकामा अभिनय गरेकी थिइन् । यसले एक जवान फुरियोसाको जीवनलाई पछ्याउँछ, जब एक भयावह संसारमा डुबेकी छिन् । उनी यो संसारबाट मुक्त हुन संघर्ष गरिरहेकी छिन् ।

फिल्ममा क्रिस हेम्सवर्थ र टम बर्केले पनि अभिनय गरेका छन् । ब्राजिलमा आयोजित कमिक–कन समारोहमा यो रोमाञ्चक ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्मलाई हलिउडको प्रतीक्षितमध्ये मानिएको छ । यो फिल्मको नाम ‘फ्युरियोसा : अ म्याड म्याक्स सागा’ हुनेछ ।

‘ऊ एक जटिल व्यक्ति हो । एकदमै हिंस्रक, पागल र क्रुर जो वेस्टल्याण्डमा जन्मिएको हो । जुन संसारमा ‘म्याड म्याक्स’को कथा हुन्छ । ऊ आफ्नो वातावरणको उत्पादन हो,’ अभिनेता हेम्सवर्थले चरित्रबारे बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?