+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना कम

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १३:०२

२१ मंसिर, काठमाडौँ पश्चिमी वायु र भारतको छत्तिसगढमाथिको आकाशमा रहेको न्युनचापीय क्षेत्रको आंशिक प्रभावले काठमाडौंसहित देशका अधिकांश क्षेत्रको आकाश बादलले ढाकेको छ । बिहीबार विहानदेखि घाम नलागेका कारण चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीका अनुसार कर्णाली र सुदूरपश्‍चिम प्रदेशबाहेकका क्षेत्रमा मौसम सफा छैन । ‘यो आंशिक बदली मात्र हो, वर्षाको भने सम्भावना छैन’, उनले भनिन् ।

बिहीबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा मौसम बदली हुने  मौसमविद् नगरकोटीले बताइन् । कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार दिउँसो काठमाडौँको वायुको तापक्रम १४ डिग्री सेन्सियस छ भने पारदर्शिता तीन हजार पाँच सय किलोमिटर रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी काठमाडौँमा बिहीबार बिहान ६ बजेको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो । अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसको बीचमा रहने मौसमविद् नगरकोटीले बताइन् ।

‘काठमाडौँमा आज मौसम धुम्म भए पनि आंशिक बदली रहने छ । वर्षाको भने सम्भावना छैन’, उनले भनिन् ।

बिहीबार राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहन्छ भने अन्य क्षेत्रमा सामान्यतया मौसम सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?