+
+

भ्वाइस जितेपछि कोच मिलन र विनोद भन्छन्- आजैदेखि सांगीतिक सहकार्य सुरु भयो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २८ गते २०:२६

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को यात्रामा पहिलोपटक महिला कोचको जित भएको छ । कोच मिलन नेवारको समूहबाट बिनोद राईले सर्वाधिक मत ल्याउँदै पाँचौ सिजनको उपाधि जितेका छन् ।

जित लगत्तै कोच मिलन र बिनोदले अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै जितको खुशि साटेका छन् । उनीहरुले आजैदेखि दुईबीच सांगीतिक सहकार्य हुने समेत उल्लेख गरेका छन् । कोच मिलनले ब्लाइण्ड अडिसनदेखि नै आफू बिनोदको फ्यान रहेको बताएकी छन् । प्रस्तुत छ संवाद :

यो जितले तपाईंको सांगीतिक करिअरमा के अर्थ राख्छ ?

विनोद– धेरै अर्थ राख्छ । योग्य भएको छ । मैले संसार जितेसँग, जीवन पूर्ण भएजस्तो भएको छ । भित्र भित्रै एकदमै खुशिको माहोल बनिरहेको छ ।

कोचको रुपमा विनोदको जीतलाई कसरी लिनुहुन्छ ?

मिलन- भ्वाइस अफ नेपालको इतिहासमै पहिलोपटक महिला कोचले जितेको छ । त्यो भनेको टीम मिलन र बिनोद राई हुनुहुन्छ । एकदमै खुशि लागेको छ । ब्लाइण्ड अडिसनदेखि नै भनिँदै आएको थियो- एक नारी, सबैमाथि भारी ।’ त्यो कुरा साकार भएको छ अहिले । हामीले त्यो पुरा गर्न सक्यौं ।

फिनालेको दबाब कस्तो रह्यो ?

विनोद- जुनसुकै प्रतिस्पर्धामा पनि दबाब स्वभाविकरुपमा हुन्छ । यसले गर्दा, दबाब हुन्छ । प्रेसरलाई आफूले कसरी लिने भन्ने कुरा हो । प्रेसरलाई प्रेसरकै रुपमा लिँदा झन् बढेर जान्छ । यसलाई सहज रुपमा लिनुपर्छ भनेर जाँदा राम्रै हुन्छ । सहजरुपमा अघि बढाएँ ।

ब्लाइण्ड अडिसनदेखि फिनालेसम्म बिनोदजीको यात्रालाई कसरी मूल्यांकन गर्नुहुन्छ कोचको रुपमा ।

मिलन- सुरुदेखि नै बिनोद एकदमै ट्यालेन्टेड, उहाँको आवाज निकै रिच, ब्लाइण्डमा आवाज सुन्दा म एकदमै फ्यान भएको हुँ । त्यही भएर मैले कोचको तानातान हुँदा राजनराज शिवाकोटीलाई फोन गरेर एउटा गीत बनाइदिनु भनेँ । अलिकति लोभ पनि देखाउनुपर्‍यो (हाँस्दै) । यति राम्रो ट्यालेन्टलाई आफ्नो टीममा पक्कै पनि चाहन्थेँ । अझै उहाँसँग मिलेर काम गर्दा नयाँ एक्सपेरिमेन्ट गर्न सक्थेँ हुँला भन्ने मलाई लाग्थ्यो । किनकी, बुझ्दै जाँदा उहाँमा सरलता पाएँ । मैले उहाँमा देखेको- एउटा फ्लोमा बगिराख्ने, कतै केही नबिग्रने त्यही हिसाबको गायकी । ब्लाइण्डदेखि गाउँदै आउँदा गाउँदा बिग्रेको र शब्द बिग्रिएको देखिँन । लाइफमा केही कुरा हुन्छ, ती कुरालाई इग्नोर गर्नुपर्छ । गायनमा हुनुपर्ने अनुशासन, गायन सामथ्र्यदेखि लिएर सबै कुरा उहाँमा छ ।

यो जर्नीमा एकदमै धेरै दबाब भयो । म सबै कोचलाई दाजुहरु भन्छु । दाजुहरु मभन्दा धेरै सिनियर हुनुहुन्छ । फिमेल म एक्लै छु त्यहाँ । लायनहरुको बीचमा एउटा फिमेल लायन थियो । तीनजना लायनसँग भिड्नुपर्दा अप्ठ्यारो नै थियो धेरै ।

अबको सांगीतिक करिअरलाई कसरी अघि बढाउने बिचार छ ?

बिनोद- संगीतको क्षेत्रमा काम नै गर्ने हो । यसपछि अर्को प्रतिस्पर्धा सुरु हुँदैछ । वास्तविक प्रतिस्पर्धा त फिल्डमा हुन्छ । यो त एउटा टिभीमा देखिने कुरा हो । यसका लागि तयारी गर्नुपर्ने हुन्छ । राम्रो गीत गर्ने

मिलन- हाम्रो सहकार्य त सुरु भैसकेको छ । कोच गीतको क्रममा हामीले गाएको गीत त्यही थियो । नयाँ गीत हो । रेकर्ड भैसकेको गीत हो त्यो । सिनियरको हिसाबले पनि विनोदलाई के भन्न चाहन्छु भने- मेरो साथ उहाँलाई सँधै छ । कदममा कदम मिलाएर अघि बढ्नेछौं । उहाँले मेन्टेन गर्ने भन्ने चीज निरन्तरता हो । एउटा भनाई छ- कन्टिन्युटी र कन्ट्रिब्युसन सँधै हुनुपर्छ । हामी मिलेर अघि बढ्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?