+
+

भ्वाइस किड्सको सिजन ३ मा कोच बन्दै पपगायक छेवाङ लामा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १२:०९

काठमाडौं । गायन रियालिटी शो भ्वाइस किड्स नेपालको तेस्रो सिजन घोषणा भएको छ । भ्वाइस अफ नेपाल सिजन ५ को ग्राण्ड फिनालेको क्रममा ‘किड्स’को नयाँ सिजन ल्याउने जानकारी दिइयो ।

युवापुस्तामा रुचाइएका पपगायक छेवाङ शेर्पालाई कोचको रुपमा चिनाउँदै नयाँ सिजनको घोषणा गरिएको हो । प्रमोद खरेलले पनि कोचको रुपमा निरन्तरता दिने भएका छन् ।

फिनाले मञ्चमा छेवाङले गीतको छोटो टुक्रा सुनाए । धेरैले उनलाई सांगीतिक प्रस्तुतिका लागि आएको हुनसक्ने अड्कल काटेका थिए । तर छेवाङले भ्वाइस किड्स ३ को घोषणा गरे । ‘नानीबाबुलाई सिकाउने र मैले पनि सिक्ने अवसरको रुपमा मैले लिनेछु,’ छेवाङले उक्त अवसरमा भने ।

किड्सको डिजिटल अडिसन आह्वान गरिएको छ । ६ देखि १४ वर्ष उमेर समूहका इच्छुक बालबालिकाले हिमालय टिभी एचडीको एपबाट आवेदन दिन सक्ने भएका छन् । भिडियोसहित आवेदन दिनुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?