+
+

सभामुख घिमिरेले विषयगत समितिका सभापतिसँग छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते ९:२२

७ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुसँग संयुक्त छलफल गर्दैछन् । छलफल बिहान ११ बजे सभामखुको कार्यकक्षमा हुन लागेको हो ।

प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समितिहरु छन् । ती समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा सभामुख घिमिरेले छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले भने, ‘समितिमा रहेका विधेयकको अवस्था कस्तो छ र आगामी संसद अधिवेशनलाई कसरी विजनेस दिन सकिन्छ भन्ने विषयमा छलफल गर्न लाग्नु भएको हो ।’

सरकारले यही माघ तेस्रो साता संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । त्यसलाई प्रभावकारी बनाउने विषयमा सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्न लागेका हुन् ।

संघीय संसदको यसअघि सम्पन्न वर्षे अधिवेशनयता प्रतिनिधि सभामा निर्माण व्यवसायसँग सम्बन्धित एउटा मात्रै विधेयक दर्ता भएको छ ।

हाल प्रतिनिधि सभामा विद्युतीय व्यापार विधेयक, राष्ट्रिय मर्यादासँग सम्बन्धित विधेयक र सम्पती शुद्धीकरणसँग सम्बन्धित विधेयक गरेर ३ वटा मात्रै विधेयक अगाडि बढ्नसक्ने अवस्थामा रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

राष्ट्रिय सभामा भने हालसम्म कुनै पनि नयाँ विधेयक दर्ता नभएको प्रवक्ता गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?