+
+

धीरज र उपासनाले मनाङबाट थाले ‘खुश्मा’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १६:५१

काठमाडौं । धीरज मगर र उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहेको फिल्म ‘खुश्मा’को छायांकन मनाङबाट थालेका छन् । हिउँका दृश्य खिच्नुपर्ने भएकाले त्यहाँबाट छायांकन थालिएको निर्देशक अशोक थापाले जानकारी दिए ।

यो सँगै फिल्म छायांकनको पहिलो चरण पनि सुरु भएको छ । निर्देशक थापाले मनाङमा फिल्म छायांकन गर्दा स्थानीय पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने आशा व्यक्त गरे । ‘किनभने हाम्रो फिल्ममा हिउँको दृश्य महत्वपूर्ण पाटोको रुपमा छ,’ उनले भने ।

यो फिल्मबाट धीरज र उपासनाले पहिलोपटक अनस्क्रिन रोमान्स गर्दैछन् । निर्देशक थापाको यो डेब्यु फिल्म समेत हो । उनी यसअघि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत सर्ट फिल्मको लागि परिचित छन् ।

मनाङमा आफ्नो १० दिने सुटिङ तालिका सकेर युनिट बाँकी छायांकनका लागि रुकुमपूर्व लाग्नेछ । बागलुङ र रुकुमपूर्वको सिमानामा पर्ने ढोरपाटन क्षेत्रमा पनि फिल्म छायांकन गर्ने तयारी छ ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी निर्माताको रुपमा छन् । फिल्ममा एसडी योगीले संगीत भर्नेछन् भने दीपक बज्राचार्यको छायांकन हुनेछ ।

फिल्ममा अस्तित्व भट्टचन, खड्गबहादुर पुन खबपु र अरुण मगरको समेत अभिनय रहनेछ । प्रेमकथामा आधारित यो फिल्मलाई गोविन्द शाहीको काफिया फिल्म्सले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?