+
+

पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते ७:४९

२३ माघ, काठमाडौं । पूर्व सामान्य प्रशासन मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधन भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।

उनी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सामान्य प्रशासन मन्त्री बनेका थिए ।

उनी एक हप्ता अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त थिए । ‘उहाँमा निमोनियाको समस्या देखिएको थियो, त्यसपछि ब्लड प्रेसर पनि कन्ट्रोल हुन नसकेर त्यसले शरीरका भित्री अरु अंगमा पनि असर पुर्याएपछि केशव दाइ रहनु भएन,’ थापाले भने ।

बुढाथोकी पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए । उनले ‘आफ्नो–आफ्नो सगरमाथा’ पुस्तक पनि लेखेका छन् ।

नेपाली कांग्रेस कोशी प्रदेशका सभापति थापाका अनुसार बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । दुवै छोरा र एक छोरी अष्ट्रेलियामा छन् । उनको पार्थिव शरीरलाई गृहजिल्ला झापा पुर्याएर कन्काई धाममा अन्त्येष्टि गर्ने तयारी छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढाथोकीको निधनको खबरले निकै मर्माहत भएको भन्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?