+
+

इटहरीका सबै विद्यालयमा एउटै पोशाक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १३:३८

२६ माघ,विराटनगर। इटहरी उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट निजी तथा सरकारी विद्यालयका विद्यार्थीका लागि एउटै पोशाक लागू गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिले नयाँ शैक्षिक सत्रका लागि एउटै पोशाक लागू गर्ने निर्णय गरेको हो ।

इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरि १७० वटा विद्यालय छन् । ती विद्यालयमा ६३ हजार ५ सय २६ विद्यार्थी छन् । इटहरी भित्रका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोशाक लगाउनुपर्ने निर्णय गरेको इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

यसअघि निजी विद्यालयले आफू अनुकूलको ड्रेस लागू गरेका थिए । उपमहानगरपालिकाले विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउनु पर्ने पनि निर्णय गरेको छ ।

‘विद्यार्थीको पोशाक देखेर इटहरीका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनून् भन्ने उद्देश्य पनि हो,’ उनले भने,‘ निजी स्कुलले स्कुलबाटै बिक्री गर्ने ड्रेसलाई रोक्ने पनि अभियान हो ।

नगरले उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरुको छोराछोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेको उनले बताए ।

विद्यालयमा भर्ना शुल्क वापत एक पटक लिएपछि हरेक वर्ष शुल्क लिन नपाइने निर्णय पनि गरेको छ । उपमहानगरपालिकाले विद्यालयलाई किताब बेच्न पनि राेक लगाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?