+
+

एमाले कैलाली अधिवेशनमा कार्यवाहक अध्यक्ष जोशीले गरे प्यानलसहित उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १४:१४

८ माघ, धनगढी । नेकपा एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

घोडाघोडी नगरपालिकाको सुखडमा जारी नवौं जिल्ला अधिवेशनमा प्यानलसहित अध्यक्षमा जोशीले उम्मेदवारी घोषणा गरेका हुन् ।

उनको प्यानलबाट उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दानबहादुर विश्वकर्मा र उपसचिवमा नृपबहादुर थ्यायत खड्का र रत्ना कुँवरले उम्मेदवारी दिने घोषणा कार्यक्रममा जानकारी दिइएको छ ।

सुखडमा जारी अधिवेशनमा सहमतिको प्रयास गर्ने नेताहरू प्रयासमा रहेका बेला जोशीले प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा जाने भएका हुन् ।

सहमतिकै लागि नेताहरूबीच छलफल भइरहेको भन्दै सोमबार साँझ स्थगित गरिएको बन्दसत्र मंगलबार बिहान ८ बजे सुरू गर्ने भनिए पनि अहिलेसम्म सुरु भएको छैन ।

एमाले कैलालीको अध्यक्षका लागि जोशीसहित अहिलेका सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले दाबी गरेका छन् ।

जिल्ला स्तरीय एक नेताका अनुसार जोशीलाई एमाले सचिव तथा कर्णाली इञ्चार्ज लेखराज भट्ट, पाण्डेलाई स्थायी कमिटि सदस्य कर्ण थापा र ढुंगानालाई केन्द्रीय सदस्य दामोदर भण्डारीले अघि सारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?