+
+

ईपीजीको प्रतिवेदन दुवै सरकारले एकैचोटि बुझ्ने गृहकार्य भइरहेको छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १४:५९

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन दुवै सरकारले एकैचोटि बुझ्ने गृहकार्य भइरहेको बताएका छन् ।

बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा उपस्थित भएका उनले दुवै देशको सहमतिमा ईपीजी गठन भएकाले त्यसको प्रतिवेदन दुवै सरकारले एकैचोटि बुझ्ने र घोषणा गर्ने गृहकार्य भइरहेको बताएका हुन् ।

‘ईपीजी सहमतिबाट गठन भएको र प्रतिवेदन तयार भएको हुनाले दुवै सरकारले एकैचोटि सहमतिबाट नै त्यो बुझ्ने र घोषणा गर्ने गर्दा राम्रो हुन्छ भनेर आन्तरिक गृहकार्य चलिरहेको छ’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले त्यो हुनै सकेन भने नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताए । यद्यपि उनले कस्तो निर्णय भन्नेबारे केही खुलाएनन् ।

नेपाल र भारतबीच सीमा लगायतका विभिन्न समस्या पहिचान गरी समाधानको उपाय पत्ता लगाउन दुवै देशका सरकारको सहमतिमा नेपाल भारत प्रबुद्ध व्यक्ति समूह गठन गरिएको थियो । दुवै देशका ४-४ जना प्रबुद्ध व्यक्ति सहभागी ईपीजीले प्रतिवेदन तयार पारे पनि सार्वजनिक भएको छैन ।

उक्त प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने सहमति भए पनि भारतीय प्रधानमन्त्रीले समय दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?