+
+

मौलिक फिल्म निर्माणमा जोड दिन संचारमन्त्रीको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १५:३०

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्म ‘सतिदेवी’बारे चासो लिँदै मुलुकमा यस्ता खालका मौलिक र यथार्थपरक फिल्म बन्नुपर्ने बताएकी छन् । मन्त्री शर्मा र फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुवेदीबीच फिल्मलाई लिएर मन्त्रालयमा कुराकानी भएको थियो ।

भेटबारे जानकारी दिँदै निर्देशक सुवेदीले घरेलु फिल्मको विकास, विस्तार र श्रीवृद्धिका लागि मौलिक कथावस्तुमा फिल्म बन्नुपर्ने कुरामा मन्त्रीले जोड दिएको बताए । मन्त्री शर्माले यो फिल्म नारीप्रधान र मौलिक कथामा बनेको सुनेर आफू हेर्न उत्साहित भएको समेत बताएकी थिइन् ।

निर्देशक सुवेदीले फिल्मबारे मन्त्रीलाई जानकारी गराउँदै नेपालीपन बोकेका यस्ता फिल्मलाई राज्यले सहयोग गर्नुपर्ने आवश्यकता उल्लेख गरेका थिए । जवाफमा मन्त्री शर्माले आफू सँधै नेपाली फिल्मको गुणस्तर र व्यवसायिक विकासको पक्षमा उभिएको बताउँदै चाँडै चलचित्र ऐन ल्याउन लागिपरेको बताएकी थिइन् ।

फिल्म अभिव्यक्तिको बलियो माध्यम भएकाले मुलुकको कला, भाषा, संस्कृतिको विकास र प्रवद्र्धनमा यसले प्रभावकारी भूमिका निर्वाह गर्ने र यसतर्फ फिल्मकर्मी लाग्नुपर्ने उनको धारणा थियो । मन्त्रीले आफ्नो फिल्मप्रति देखाएको अभिरुचिप्रति आफू उत्साहित रहेको सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?