+
+

‘डन ३’ मा कियाराको पारिश्रमिक करिअरकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १६:२९

काठमाडौं । फरहान अख्तरले ‘डन ३’ घोषणा गरेदेखि नै यो फिल्म चर्चामा छ । शाहरुख खानको स्थानमा रणवीर सिंह र प्रियंका चोपडाको स्थानमा कियारा आडवाणीलाई कास्ट गरिएको छ । कलाकार हेरफेरप्रति कोही दुःखी छन् भने कोही उत्साहित ।

कियाराले यो फिल्मबाट मोटो रकम पारिश्रमिक लिएको भनिएको छ । यसले धेरैलाई छक्का पार्न सक्छ । फिल्ममा उनी शीर्ष भूमिकामा देखिनेछिन् । यसअघि कृति सेननलाई कास्ट गर्ने खबर थियो ।

कृति र कियारा दुवैलाई लिड-फिमेलका लागि सर्टलिस्टमा राखिएको थियो । रणवीर भने कियारालाई कास्ट गर्न उत्साहित थिए । फिल्ममा यी दुवै जना अपोजिट भूमिकामा देखिनेछन् । कियाराले ‘जंगली बिल्ली’को रोल गर्नेछिन् । यसअघि यो भूमिकामा प्रियंकाको प्रशंसा भएको थियो ।

बलिउड हंगामाको रिपोर्टअनुसार आडवाणीले यो फिल्मका करिअरकै धेरै पारिश्रमिक लिएकी छन् । उनले १३ करोड भारु पारिश्रमिक लिएको बताइएको छ । उनको अभिनय करिअरमा यो उच्च पारिश्रमिक हो । फिल्ममा उनी प्रशस्तै एक्सन दृश्यमा देखिनेछिन् । यो पारिश्रमिक ‘वार २’ को भन्दा ५० प्रतिशत बढी भएको भनिएको छ ।

‘डन ३’ सन् २०२५ मा रिलिज हुनेछ । छायांकन सोही वर्ष हुने अपेक्षा छ । यो फिल्मलाई दर्शकले लामो समयदेखि पर्खिरहेका छन् । दर्शकले शाहरुखको आशा राखेपनि त्यो सम्भव भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?