+
+

रविजी तपाईं पीडक हो, पीडितलाई न्याय दिन सक्नुहुन्न : कांग्रेस सांसद केसी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १३:२६

२ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले रवि लामिछाने आफैं पीडक रहेको भन्दै गृहमन्त्रीका रूपमा उनले सहकारी पीडितलाई न्याय दिन नसक्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेकाले गृहमन्त्री स्वीकार्न नसक्ने बताए ।

‘रविजी तपाईं पीडक हो । पीडकले पीडित (सहकारी पीडित) लाई न्याय दिन सक्दैन । त्यसकारण यसको अनुसन्धान नसकिंदासम्म विश्राम लिनुहोस् । ठीक भएको अवस्थामा आउनुहोला । होइन भने हामी कुनै पनि हालतमा तपाईंलाई गृहमन्त्री स्वीकार्नेवाला छैनौं’ उनले भने ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले आफू सदस्य नभएको सहकारीबाट ऋण लिएर गाडी किनेको आफ्नो जानकारीमा रहेको सांसद केसीले बताए ।

कांग्रेसकै सांसद जीवन परियारले पनि गृहमन्त्री लामिछानेविरुद्ध कास्कीमा सहकारी पीडितहरुले जाहेरी दिएको स्मरण गराए । ‘कास्कीमा सहकारी ठगीले बबन्डर बनाएको छ । गृहमन्त्रीको नाममा जाहेरी छ । सूर्यदर्शन सहकारीमार्फत ठगी गरेको भनी २५ जनाले उहाँविरुद्ध जाहेरी दिएका छन्’ सांसद परियारले भने ।

प्रतिनिधि सभाको बैठकमा कांग्रेसका अन्य सांसदले समेत गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएका छन् । सांसद प्रदीप पौडेलले त गृहमन्त्रीको राजीनामा नै मागिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?