+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

श्याम ज्ञवालीलाई सीआईबी प्रमुख बनाउनु शंकास्पद छ : पुष्पबहादुर शाह

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १२:४७

५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले सरकारले श्याम ज्ञवालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख बनाउनु शंकास्पद रहेको बताएका छन् ।

‘सुन तस्करमा संलग्न भनिएका जीवन चलाउने र हाल सरकारले नियुक्त गरेका सीआईबी प्रमुख श्याम ज्ञवालीका बीचमा दुई करोड लेनदेनको अडियो सार्वजनिक भएको थाहा हुँदाहुँदै सरकारले सीआईबी प्रमुख श्याम ज्ञवालीलाई बनाउनुमा शंकास्पद छ’, सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भने ।

यही चैत २ गते मन्त्रिपरिषद् बैठकले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई सरुवा गरेर उनको ठाउँमा अर्का एआईजी श्याम ज्ञवालीलाई लैजाने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?