+
+

रक्षा क्यान्सर केयर सोसाइटीले क्यान्सर विजेताहरुको अनुभव बाँडेर होली मनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १३:४४
फाइल तस्वीर

काठमाडौं । रक्षा क्यान्सर केयर सोसाइटीले क्यान्सर विजेताहरुसँग सन्देशमूलक होली मनाउने भएको छ । ‘क्यान्सर विजेताको जीवन होलीका रंग झैं रंगीन छ’ भन्ने सन्देशका साथ यस वर्षको होली मनाउन लागिएको सोसाइटी अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले जानकारी दिइन् ।

अहिले विश्वभर नै क्यान्सरका बिरामी बढ्दै गएको अवस्थामा यस विषयमा जनचेतना फैलाउने जरुरी रहेको उनले बताइन् । सुरुमै क्यान्सर पत्ता लगाएर सही उपचार गरेमा निको हुने डा. श्रेष्ठको भनाइ छ ।

नेपाल​मा क्यान्स​र विजेताहरु सकारात्मक सन्देश प्रवाह गर्दै जिउन् भन्ने उद्देश्यले स्थापित रक्षा क्यान्सर केयर सोसाइटीले हरेक वर्षको होली पर्वलाई शुभकामना आदानप्रदान गरी मनाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?