
२५ चैत, काठमाडौं । भिसा अवधि समाप्तपछि पनि गैरकानूनी रुपमा (ओभर स्टेमा) बस्दै आएका १० बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले सोह्रखुट्टे क्षेत्रबाट १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा अनिसुर रहमान, अबदुल्लाह, इमामुल हुसेन, हाफिजुर रहमान, सोजिब हुसेन, शैफुल इस्लाम, बिल्लाल हुसेन, सलिम, नासिर उड्डिन र एसिन खान छन् ।
पक्राउ परेका सबैलाई कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।
अध्यागमनले उनीहरुलाई स्वदे फिर्ता गराउने प्रक्रिया अघि बढाउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4