+
+

‘डिग्री माइला’को उत्साहजनक ओपनिङ, दयाहाङले हलमै मनाए जन्मदिन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १२:४१

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ले पहिलो सप्ताहन्त देशैभर आक्रामक व्यापार गरेको छ । आइतबार पनि फिल्मको अकुपेन्सी ५० प्रतिशतभन्दा माथि छ, जुन उत्साहजनक हो ।

शुक्रबार र शनिबार फिल्मले घरेलु बक्स अफिसमा उत्साहजनक कमाइ गरेको वितरण कम्पनी काफिया फिल्म्सले जनाएको छ । ‘पहिलो सप्ताहन्त जुन दर्शकको फ्लो देखिएको छ, यो ट्रेन्ड केही समय यस्तै रहिरहने हाम्रो प्रक्षेपण छ,’ वितरक शाहीले अनलाइनखबरसँग भने ।

नयाँ वर्षको बिदाको दिन शनिबार काठमाडौंका प्रमुख मल्टिप्लेक्ससहित देशका ठूला स्टेसनमा ‘डिग्री माइला’को अकुपेन्सी शतप्रतिशत देखियो । उक्त दिन बिहानैदेखि शो खचाखच रहे । शनिबार राति हलले ११:४५ बजेको शो समेत उपलब्ध गराएका थिए । केही हलले शो संख्यामा पनि वृद्धि गरेका छन् ।

फिल्मका शीर्ष अभिनेता दयाहाङ राईले शनिबारै जन्मदिन पनि मनाए । हल–हलमा पुगेर उनले दर्शकको प्रतिक्रिया बुझे र हलमै केक काटेर जन्मदिन मनाए । गत वर्ष पनि ‘जारी’ प्रदर्शनको समय हलमै केक काटेर जन्मदिन मनाएका थिए ।

अभिनेत्री आँचल शर्माले दर्शकको उच्च साथ पाउँदा उत्साहित भएको बताइन् । कार्यकारी निर्माता मणिराम पोखरेलले दर्शकबाट यो तहको साथ पाउँदा खुसी मिलेको बताए । आफ्नो ब्यानरलाई अहिलेको अवस्थामा दर्शकलाई निराश बनाउने छुट नभएको उनले बताए ।

‘डिग्री माइला’मा दयाहाङ र आँचलसहित विजय बराल, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायतको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?