+
+

बनेपामा यातायात कार्यालय स्थापना हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १६:२९
कार्यालय स्थापनाका लागि सम्झौता–पत्रमा हस्ताक्षरपछि मन्त्रालयका सचिव बलराम निरौला र बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाई । तस्वीरः कपिल कोइराला

७ वैशाख, काभ्रे । बनेपाको वडा नं. ६ बुडोलमा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ ।

काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर जिल्लालाई लक्षित गरेर मध्यपूर्वी जिल्लाको प्रस्थान विन्दु बनेपामा यातायात कार्यालय स्थापना गर्न लागिएको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

शुक्रबार एक कार्यक्रमबीच बनेपा नगरपालिका र बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयबीच कार्यालय स्थापना गर्नेबारे सम्झौता भएको छ ।

सम्झौता अनुसार, बनेपा नगरपालिकाले कार्यालय स्थापना गर्नको लागि बुडोलस्थित सपिङ कम्प्लेक्सको दुई तला १० वर्षका लागि निशुल्क उपलब्ध गराउनेछ ।

मन्त्री लम्साल, नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, बनेपा वडा नं ६ का अध्यक्ष सचितानन्द केसीको रहोवरमा भएको सम्झौतामा बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौला र बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले हस्ताक्षर गरेका छन् ।

कार्यालयबाट सवारीचालक अनुमति पत्र, नविकरण, सवारी दर्ता, प्रदुषण जाँच, नामसारी, राजस्व लगायतका काम हुने बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले जानकारी दिए ।

मन्त्री लम्सालले मन्त्रालय सेवा विस्तार गर्ने अभियानमा लागेको भन्दै काभ्रे लगायतका आपसासका क्षेत्रका सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले यातायात व्यवस्था कार्यालयका सेवालाई डिजिटल बनाउँदै लगेको पनि बताए ।

बनेपा नगरप्रमुख शान्तीरत्न शाक्यले कार्यालय स्थापना हुनु बनेपाको लागि गौरवको विषय भएको भन्दै यसले स्थानीय लाभान्वित हुने बताए ।

मन्त्रालयले यसअघि दोलखा, रामेछाप, सिन्धुली लगायतका जिल्लालाई लक्षित गरी खुर्कोटमा कार्यालय स्थापना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?