+
+
Shares

उपेन्द्रले राजीनामा नदिएको भए गलहत्याएर निकाल्थे : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १३:५०

१ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल षड्यन्त्रपूर्वक विभाजन गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

मंगलबारदेखि राजधानीमा सुरू पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा नेपालले जसपा नेपाललाई सरकारबाट गलहत्याएर निकालिएको टिप्पणी गरे । ‘सँगसँगै जाला भन्ने ठानेको, निर्वाचनपछिको अवधिमा सँगसँगै जाला भनेको समाजवादी मोर्चाको महत्त्वपूर्ण घटक रहेको जसपा नेपाल विभाजित भयो । विभाजित गरियो’, अध्यक्ष नेपालले भने, ‘विभाजित भयो, विभाजित गरियो र विभाजित भएको मात्रै होइन, गरिएको मात्रै होइन, सरकारबाट पनि उसलाई निकालियो ।’

नेपालले थपे, ‘मुन्ट्याउने काम मात्रै भएन, यदि उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो ।’

जसपा नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध सँगसँगै लडेको भनेर स्मरण गर्दै ‘चाहिंदाको भाँडो, नचाहिंदाको ठाँडो’ जस्तो बनाइएको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले राजनीतिमा जुनसुकै बेलामा जेसुकै हुनुपर्ने अवस्था रहेको बताएका छन् । राष्ट्रिय राजनीतिमा अहिले नै, आजभोलि नै के हुन्छ भन्ने कुराले प्रभावित पारिरहेको भन्दै सुदूरपश्चिम, मधेश र बागमती प्रदेशमा के होला भनेर समेत सोच्नुपर्ने बताए ।

अध्यक्ष नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको समेत बताए । पार्टीभित्र भ्रष्टीकरण र पदलोलुपताको प्रवृत्ति खतरनाक रूपमा देखापरेको भन्दै नेपालले यस्तो अवस्था रहेमा आफूहरूलाई कसैले विश्वास नगर्ने बताए । राजनीतिको भ्रष्टीकरणविरुद्ध गतिविधिहरू सञ्चालन गर्नुपर्ने उनले बताए ।

अध्यक्ष नेपालले जसपापछि एकीकृत समाजवादी पार्टी पनि फुट्ने हल्ला चलाइएको भन्दै यसप्रति सचेत हुनुपर्ने बताए । एकीकृत समाजवादीलाई धराशायी पार्न खोज्नेहरूले त्यस्तो हल्ला चलाएको उनले बताए ।

उनले भने, ‘हाम्रो पार्टीको सम्बन्धमा पनि हल्लाहरू चले । अर्को पार्टी खडा गर्न तयारी पनि भइसकेको थियो भन्ने पनि चर्चा चल्यो । ६ जना लाँदैछन् भन्ने हल्लाहरू पनि चले । हामी पनि आत्तियौं । के हो वास्तविकता ? बसेर फेरि छलफल गर्‍यौं । छलफल गरेपछि जति गणना गर्दाखेरी पनि देखिंदैन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?