+
+

सेयर बजारका सबै सूचक बढे, ४ अर्ब नाघ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १५:१३

१ जेठ, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २८.६२ अंक (१.४३ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०२७ अंकमा पुगेको छ । २२ कम्पनीको मूल्य घट्दा २१९ को बढ्यो भने ३ को स्थिर रह्यो ।

कुल ४ अर्ब ८ करोड करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ३ अर्ब ४० करोडको भएको थियो । सबै क्षेत्रका सूचकहरु बढेका छन् । हाइड्रोपावर र माइक्रोफाइनान्स समूह ३ प्रतिशतभन्दा धेरै बढे ।

अंकका आधारमा बैंकिङ २, विकास बैंक ५९, फाइनान्स ६, होटल तथा पर्यटन ४८, हाइड्रोपावर ७६, जीवन बीमा १४१, उत्पादन १६, माइक्रोफाइनान्स १४६, निर्जीवन बीमा १९०, अन्य १७ र व्यापार समूह ०.८४ अंक बढे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । समाज लघुवित्त, उपकार, युनिक नेपाल, जनउत्थान सामुदायिक, मानुसी लघुवित्त र रुरु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन लघुवित्तको मूल्य ९.७, बुद्धभूमि हाइड्रोपावरको ८.६, मकरजितुमाया हाइड्रोपावरको ८.१ प्रतिशत मूल्य बढ्यो ।

हिमालय ऊर्जा विकास कम्पनीको ४.६ प्रतिशत, सप्तकोशी विकास बैंकको १.४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, साइन रेसुङ्गा विकास बैंक, आरएसडीसी लघुवित्त, रिडी पावर तथा स्वाबलम्वन लघुवित्त क्रमश अगाडि रहे । धितोपत्र बजारमा आजैदेखि ब्रोकर कमिसन पनि घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?