+
+

सभामुखको भूमिकामाथि कांग्रेसले उठायो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १९:०१

२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेको भूमिका माथि प्रश्न उठाएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले र कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको थियो । सांसदहरुबीच धकेलाधकेलको स्थिति सभामुख घिमिरेको व्यवहारका कारणले आएको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताए ।

सभामुख घिमिरे संसद सञ्चालन सम्बन्धी नियम र व्यवस्था विपरीत अगाडि बढेको उनको आरोप छ । एमाले सांसदहरुले फ्लोरबाट अगाडि बढ्न भनेपछि सभामुख विपक्षीहरुको नाराबाजीका बीच अगाडि बढ्दा समस्या भएको उनको आरोप छ ।

सांसदहरुबीच धकेलाधकेलको अवस्था आउनुको कारणबारे डा. महत भन्छन्, ‘तलबाट सिधै अगाडि बढा भन्ने र सभामुखले जबर्जस्ती वेलमा विपक्षी दल निस्केको र कतिपय दल उभिइरहेको अवस्थाका बाबजुद सभा सञ्चालन गर्न थाल्नुभयो ।’

फ्लोरबाट कसले सभामुखलाई अगाडि बढाउन भनेको हो त्यसबारे भने डा. महत मौन रहे । सभामुखले प्रतिनिधि सभा नियमावली र संसदीय अभ्यास विपरीत सभा चलाउन खोजेको उनको आरोप छ ।

बिहीबार सभामुख घिमिरेले कांग्रेस सांसदहरुको नाराबाजीका बीच विधेयक प्रमणीकरण र मन्त्रिपरिषद विस्तारबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाए । सांसदहरुको नाराबाजीका बीच उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए ।

गृहमन्त्रीलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरु बाटो छेक्न पुगेको भन्दै एमाले सांसदहरु पनि वेलमा पुगे । त्यसक्रममा एमाले र कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको हो ।

सांसदहरुबीच धकेलाधेकल भएपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजे सम्मका लागि स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?