+
+

बजेट भाषणअघि कांग्रेससहित विपक्षी दलहरूको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते ६:३३
फाइल तस्वीर

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा विपक्षी दलहरूको संयुक्त बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरस्थित देउवाको कार्यकक्षमा बस्ने छ ।

आज संघीय संसदमा बजेट भाषण हुनुअघि विपक्षी दलहरुको संयुक्त रणनीति तय गर्न देउवाले विपक्षी दलहरूको बैठक बोलाएका हुन् ।

देउवाले विपक्षी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

विपक्षी दलको बैठकअघि कांग्रेस संसदीय दलको बैठक पनि बस्नेछ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेससहितका विपक्षी दलहरुले संसद्‌मा विरोध गर्दै आएका छन् ।

संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र विपक्ष सहमत भए पनि समितिको कार्यादेशका विषयमा भने सहमति जुट्न सकेको छैन । त्यसैले सदनको गतिरोध अन्त्य हुन सकेको छैन ।

अर्थमन्त्री वर्षमान पुनले आज दिउँसो १ बजे बस्ने संघीय संसदको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्नेछन् । त्यसअघि देउवाले बोलाएको विपक्षी दल र आफ्नो पार्टीको संसदीय दलको बैठकलाई चासोको साथ हेरिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?