+
+

‘ह्रस्व दीर्घ’को पोस्टरमा यस्तो छ नीताको क्यारेक्टर लुक्स

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १५:५९

काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’ले अभिनेत्री नीता ढुंगानाको पात्रको लुक दर्शाउने पोस्टर सार्वजनिक गरेको छ । मंगलबार नेपाली र तेलुगू संस्करणका दुई पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा ढुंगानासहित ६ जना कलाकारको मुखाकृति पनि चित्रण गरिएको छ । नीता हातमा बज्र लिएर उभिएकी छन् । पोस्टरमा कलाकारहरु ब्रह्मानन्दम, अली, किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आ–आफ्नो चरित्रमा देख्न सकिन्छ ।

असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय फिचर हो । उनले यसअघि केही भोजपुरी फिल्मको निर्देशन गरीसकेका छन् । निर्देशक पन्त नेपाली फिल्ममा एक्सन कोरियोग्राफर विधामा चर्चित छन् ।

‘ह्स्वदीर्घ’मा हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, प्रदीप रावत, कवीर दुहान सिंहको समेत अभिनय छ । हरिहर अधिकारीको कथा लेखन रहेको फिल्मलाई भारतीय छायाकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड फिल्म खिचिसकेका छन् ।

नेपाल र भारतमा छायांकन गरिएको फिल्मलाई मित्र गुरुङले सम्पादन, रामजी लामिछाने र बलिउडकी सुस्मा सुमनको डान्स कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?