+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

बुटवलमा चक्कु प्रहारबाट घाइते युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १३:५६

१९ असार, बुटवल । चक्कु प्रहारबाट घाइते भइ उपचाररत युवकको मृत्यु भएको छ ।

बुटवलको कालिकापथमा रहेको रेस्टुरेन्टमा कार्यरत बुटवल–७, निवासी ३६ वर्षीय रवि थापाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक थापा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीका पूर्वसदस्य हुन् । थापामाथि गत जेठ २ गते साँझ रेस्टुरेन्टमा आएका दुई जनाले चक्कु प्रहार गरेको प्रहरीले बताएको छ ।

थापाको बुटवलको चौराहा अस्पताल र पछिल्लो समय त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेकोमा मंगलबार निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।

थापाको मृत्युपछि राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवललाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गरेको छ ।

घटना लगत्तै परिवारले प्रहरीमा निवेदन दिए पनि डेढ महिनासम्म पक्राउ नपर्नुले प्रहरी अनुसन्धानप्रति प्रश्न उठेको संघका अध्यक्ष विकासजंग बस्नेतले बताए ।

घटनामा संलग्नलाई तत्काल पक्राउ गरी पीडितलाई क्षतिपूर्तिसहित आवश्यक कानुनी कारबाही गर्न युवा संघले माग गरेको छ । घटनामा संलग्नहरूको पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने डीएसपी पण्डितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?