+
+
Shares

टोखा नगरपालिकाको वडाले कक्षा ११/१२ पढ्न २५ जनालाई छात्रवृत्ति दिँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २७ गते १२:५९

२७ असार, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको ९ वडा नं. ९ ले कक्षा ११/१२ पढ्न २५ जनालाई पूर्ण छात्रवृत्ति दिने भएको छ । विज्ञान, व्यवस्थापन तथा मानविकी संकाय पढ्न छात्रवृत्तिका लागि वडाले आवेदन आह्वान गरेको हो ।

‘हाम्रो वडामा हाम्रो अन्डरमा अहिले २ वटा क्याम्पसमा छन् । त्यसमा केही विद्यार्थी पठाउने हो,’ वडाध्यक्ष रामभक्त घिमिरेले भने, ‘अरु विद्यार्थीलाई आवश्यकताका आधारमा वडाबाट सिफारिस गर्छौं ।’

आफ्नो वडाको मात्रै नभई अन्य क्षेत्रका विद्यार्थीले पनि छात्रवृत्तिका लागि आवेदन दिन पाउने वडाध्यक्ष घिमिरेले जानकारी दिए । ‘कमजोर आर्थिक अवस्था अथवा अवसरबाट वञ्चित भएकै कारण कोही पनि पढाइबाट वञ्चित नहून् भन्ने हाम्रो योजना हो’, उनले भने ।

वडाको मातहतमा रहेका स्कुलबाहेक अन्य स्कुलमा कुल क्षमताको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति सिफारिस गर्ने वडाको तयारी छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?