+
+
Shares

‘घरज्वाइँ’को सुखद ओपनिङ, शनिबार अकुपेन्सी वृद्धिको प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २९ गते ९:०५

काठमाडौं । दयाहाङ राई स्टारर ‘घरज्वाइँ’ले घरेलु बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । शुक्रबारीय अकुपेन्सी ५० प्रतिशत हाराहारीमा थियो जुन सुखद हो ।

शुक्रबार अपरान्ह र सन्ध्याकालिन शोज खचाखच थिए । शनिबार फिल्मको अकुपेन्सीमा बढोत्तरी हुने अनुमान गर्न सकिन्छ । खासगरि दिउँसो, अपरान्ह र बेलुकाका शोजमा अकुपेन्सी बढ्ने देखिन्छ ।

काठमाडौं, भक्तपुर र ललितपुरसहित पोखरा, नारायणगढ सहरका हलमा अकुपेन्सी राम्रो देखिएको छ । शुक्रबारका बिहानी शोमा झरीले असर गरेपनि मौसममा सुधार आएपछि दिउँसोबाट फुटफलमा वृद्धि देखियो ।

फिल्मका निर्माता, निर्देशक र कलाकारले फिल्मको हाउसफूल भएका हलको स्क्रिन सट् सामाजिक संजालमा सेयर गर्दै दर्शकलाई धन्यवाद दिएका छन् ।

शुक्रबार काठमाडौं उपत्यका, पूर्वी सहर र पश्चिम नेपालका दाङ, बुटवल, नेपालगञ्ज लगायतका ठाउँमा दर्शकको राम्रो साथ मिलेसँगै केही हलले शो संख्यामा वृद्धि गरेका छन् ।

फिल्म प्रवर्धनको क्रममा (बायाँदेखि) अभिनेता शिशिर बाङदेल, निर्देशक अनिल बुढा र अभिनेत्री मिरुना मगर ।

निर्माता जनक घर्ती मगरले शुक्रबारका बिहानी शोमा पानीले केही असर गरेपनि दिवा शोबाट दर्शकको चाप रहेको बताए । ‘दिउँसोदेखि दर्शकको चाप बढेको छ । जसले गर्दा दयाहाङ र मिरुनाको जोडीलाई दर्शकले रुचाएको प्रमाणित हुन्छ’ घर्तीले भने ।

अनिल बुढामगर निर्देशित फिल्मले मगर समुदायको घरज्वाइँ परम्पराको कथा भन्छ । प्रेम, संस्कृति र सम्बन्धको कथा बुनिएको यो फिल्मले समग्रमा सकारात्मक समीक्षा प्राप्त गरेको छ ।

पूर्वीरुकुमको तकसेरामा छायांकन गरिएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । पटकथा लेखनमा विनोद खतिवडा र सुभास कोइरालासहित निर्देशक बुढाको सहकार्य छ ।

फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?