काठमाडौं । सुशील श्रेष्ठ स्टारर फिल्म ‘द आउट ल : दफा २१९’ को जापान राइट्स बिक्री भएको छ । प्रदर्शन राइट्स खरिद गरेसँगै यो फिल्मलाई यूएनए इन्टरटेनमेन्टले जापानमा रिलिज गर्ने भएको छ ।
कम्पनीका प्रमुख उज्ज्वल गुरागाईंले फिल्मको टिजर सार्वजनिक भएपछि दर्शकमा फिल्मलाई लिएर उत्साह बढेका कारण आफ्नो कम्पनीले फिल्मको जापान राइट्स खरिद गरेको बताए ।
विक्की महर्जनले निर्देशन गरेको ‘द आउट ल : दफा २१९’ मा नरेश पौडेल, शिक्षा संग्रौला लगायतले पनि अभिनय गरेका छन् । फिल्ममा सुशील एङ्ग्री योङ म्यानको अवतारमा प्रस्तुत छन् ।
संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गते रिलिज हुने तयारीमा रहेको फिल्मका निर्माता अमित अग्रहरी हुन् । निर्माणपक्षले अन्य देशमा पनि फिल्म प्रदर्शन राइट्स बिक्रीका लागि कुरा भइरहेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4